२०८३, आश्विन २० गते

images

नेपाल र हङकङबीचको खेल गोलरहित बराबरीमा

नेपाल र हङकङबीचको खेल गोलरहित बराबरीमा

सीएनएन खबर
शुक्रवार, जेठ २३ २०८२११:३८
सीएनएन खबर
शुक्रवार, जेठ २३ २०८२११:३८
  • images

    काठमाडौं। हङकङको राष्ट्रिय रंगशालामा बिहीबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो। नेपालविरूद्ध घरेलु टोलीले दबाब सिर्जना गर्‍यो। पहिलो हाफमा नेपालका गोलकिपर किरण लिम्बुले दुई वटा शसक्त प्रहार विफल पारेका थिए। 

    हङकङले लगातार आक्रामण गरे पनि फिनिसिङमा चुक्यो। नेपाली डिफेन्डरले केहि डरलाग्दा आक्रामणलाई विफल पारे। दोस्रो हाफमा नेपालले केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। काउन्टर आक्रमणमा जिलेस्पी जंग कार्कीले राम्रो स्थानमा बल पाए पनि समयमै पास उपलब्ध गराउन सकेनन्।

    खेलमा सृजन राज गौतमले नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरे। उनी ८१औं मिनेटमा अन्जन विष्टको स्थानमा मैदान छिरेका थिए।खेलको दोस्रो हाफको इन्जुरी समयमा नेपाल १० खेलाडीमा सीमित बन्यो। नेपालका मणीकुमार लामा दोस्रो पहेँलो कार्ड पाउँदै बाहिरिए। 

    नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गरेको हो। यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो। सो खेल नेपालले  हङकङसँग खेलेको एक मात्र औपचारिक खेल हो। हङकङमा भएको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। एएफसी एसियन कपको समूह-३ को खेल थियो। 

    हाल हङकङ फिफा वरीयतामा १५३औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा रहेको छ। अब जुन १० मा नेपालले एफसी एसियन कप छनोटको खेलमा लाओससँग खेल्नेछ। नेपाली टोली अब लाओसतर्फ जानेछ। लाओससँगको मैदानमा हुने खेल नेपालले एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा लागेको दोस्रो खेल हो।

    यसअघि छनोटको पहिलो खेलमा नेपालले मलेसियासँग २-० गोलको हार ब्यहोरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend