२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • विश्वकप छनोट : अर्जेन्टिनाको जित, ब्राजिल...

विश्वकप छनोट : अर्जेन्टिनाको जित, ब्राजिल बराबरीमा

विश्वकप छनोट : अर्जेन्टिनाको जित, ब्राजिल बराबरीमा

सीएनएन खबर
शुक्रवार, जेठ २३ २०८२११:४५
सीएनएन खबर
शुक्रवार, जेठ २३ २०८२११:४५
  • images

    काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकन छनोटमा अर्जेन्टिनाले जित निकालेको छ। अर्जेन्टिनाले चिलीमाथि १-० गोलको जित निकालेको हो।

    अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले खेलको १६औं मिनेटमा गोल गरेका थिए। यता ब्राजिल भने बराबरीमा रोकिएको छ। ब्राजिललाई इक्वेइडरले गोलरहित बराबरीमा रोकेको हो।

    ब्राजिलबाट कार्लो एन्सेलोटीले प्रशिक्षकको रुपमा पहिलो खेल खेलाएका हुन्। छनोटबाट अर्जेन्टिनाले यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ।

    छनोटको अन्तिम तीन खेल बाँकी रहदा इक्वेइड २४ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानको पाराग्वेको पनि २४ अंक नै छ। ब्राजिल २२ अंक जोडेर चौथो स्थानमा रहेको छ।

    पाँचौ स्थानको उरुग्वेको २० अंक र छैटौं स्थानको कोलम्बियाको २० अंक छ। दक्षिण अमेरिकाबाट ६ टिम सिधा छनोट हुने प्रावधान छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend