२०८३, आश्विन १९ गते

images
  • विश्व
  • भारतमा बढ्दो कोरोना संक्रमण, सक्रिय बिरामी...

भारतमा बढ्दो कोरोना संक्रमण, सक्रिय बिरामी ५ हजार नाघे

भारतमा बढ्दो कोरोना संक्रमण, सक्रिय बिरामी ५ हजार नाघे

शुक्रवार, जेठ २३ २०८२०६:२५
शुक्रवार, जेठ २३ २०८२०६:२५
  • images

    काठमाडौं । भारतमा कोभिड–१९ का सक्रिय बिरामीहरू ५ हजार नाघेका छन् । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभरमा कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय बिरामी पुष्टि भएका छन् । 

    यी मध्ये धेरैजसो बिरामीहरू केरलामा छन् । केरला पछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन् । 

    केरलामा कोभिडका १ हजार ६७९ सक्रिय बिरामीहरू रहेको बताइएको छ । यो सङ्ख्या गुजरातमा ६१५, पश्चिम बङ्गालमा ५९६ र दिल्लीमा ५९२ छन् । मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend