२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • आइसिसी विश्वकप लिग-२: स्कटल्यान्डसँग पुनः भिड्दै...

आइसिसी विश्वकप लिग-२: स्कटल्यान्डसँग पुनः भिड्दै नेपाल, टस हारेर बलिङ गर्ने

आइसिसी विश्वकप लिग-२: स्कटल्यान्डसँग पुनः भिड्दै नेपाल, टस हारेर बलिङ गर्ने

आइतवार, जेठ २५ २०८२०३:३५
आइतवार, जेठ २५ २०८२०३:३५
  • images

    काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्यान्डसँग खेल्दैछ। स्कटल्यान्डमा जारी नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।

    खेलमा स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्ने भएको छ। जसका कारण नेपालले पहिले बलिङ गर्नेछ। खेलका लागि नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन। नेदरल्यान्ड्सविरूद्ध खेलको टोलीलाई नै स्थान दिइएको छ।

    फोर्टहिल डन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ। नेपालले स्कटल्यान्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो।


    सिरिजमा नेपाल अपराजित छ। स्कटल्यान्डलाई पराजित गरेपछि नेदरल्याण्डविरूद्धको खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो। नेपालले सिरिजको अन्तिम खेल पुनः नेदरल्याण्डसँग आगामी बिहीबार खेल्नेछ।

    लिग-२ को अंक तालिकामा नेपाल १० अंकसहित सातौं स्थानमा छ। नेपालले अहिलेसम्म १४ खेल खेलेको छ। १६ खेल खेलेको युएई ६ अंकसहित पुछारमा छ। शीर्षस्थानको अमेरिकाले २० खेलबाट २८ अंक बनाएको छ। दोस्रो स्थानमा नेदरल्यान्ड्स छ। उसले  २२ खेलबाट २६ अंक जोडेको छ।

    त्यस्तै तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक, चौथो स्थानकोस्कटल्यान्डले १८ खेलबाट २२ अंक र पाँचौं स्थानको क्यानडाले २० खेलबाट २० अंक जोडेको छ। नेपालभन्दा एक स्थान माथि रहेको नामिबियाले २० खेलबाट १४ अंक जोडेको छ।

    नेपाली टोली 

    कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend