२०८३, आश्विन २० गते

images

राष्ट्रिय सभाबाट माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रिय सभाबाट माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

सोमवार, जेठ २६ २०८२०२:३७
सोमवार, जेठ २६ २०८२०२:३७
  • images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आले मगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखा परेको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने  बताएका छन् ।

    सोमबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आले मगरले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभए पनि उनी मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानबिनमा सहयोग गर्नकै लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड  दिएका हुन् ।

    प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले संसदीय छानबिन समिति बनेमा गृहमन्त्रीको राजीनामा माग नगर्ने भन्ने कुरा सहमति नजिक पुगे पनि टुंगो नलागेको बताउँदै उनले यदि सहमति नभएमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनलाई सहज बनाइदिनुपर्ने बताए । गृहमन्त्री रमेश लेखक नै पदमा रहँदासम्म निष्पक्ष छानबिन हुन नसक्ने र कुनै न कुनै प्रकारले छानबिन प्रभावित हुने भएकाले त्यसको निराकरणका लागि पनि राजीनामा दिनुपर्नेमा सांसद आले मगरले जोड दिए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend