२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला  पुन...

संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला  पुन सर्‍यो, अब कहिले हुन्छ ?

संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला  पुन सर्‍यो, अब कहिले हुन्छ ?

बुधवार, जेठ २८ २०८२०६:३१
बुधवार, जेठ २८ २०८२०६:३१
  • images

    काठमाडौँ । सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको सुनवाइको फैसला  आगामी असार १८ गतेलाई सरेको छ ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा कुमार चुँडाल र डा नहकुल सुवेदीका इजलासमा पदाधिकारीविरुद्धको रिट निवेदनमाथि सुनुवाइको  फैसला आज सुनाउने भनिएको थियो ।
     
    सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारीविरुद्धका निवेदनमा आज सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सरेको जानकारी दिए । सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा ५२ जनापदाधिकारी नियुक्त गरेको थियो ।

     अध्यादेशमार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै १५  रिट निवेदन दर्ता भएको थियो । सोही निवेदनमाथिको सुनुवाइ यही जेठ १ गते सकिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend