२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • इन्जिनियरहरूका लागि सुविधा : इन्भेष्टमेन्ट मेगा...

इन्जिनियरहरूका लागि सुविधा : इन्भेष्टमेन्ट मेगा बैंक र इन्जिनियर्स एसोसिएसनबीच सम्झौता

इन्जिनियरहरूका लागि सुविधा : इन्भेष्टमेन्ट मेगा बैंक र इन्जिनियर्स एसोसिएसनबीच सम्झौता

सीएनएन खबर
बिहिवार, जेठ २९ २०८२१०:४९
सीएनएन खबर
बिहिवार, जेठ २९ २०८२१०:४९
  • images

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक साझेदारीको सम्झौता भएको छ । विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित गरिएको यो सम्झौतामा दुवै संस्थाका तर्फबाट उच्च अधिकारीहरूले हस्ताक्षर गरेका छन् ।


    बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गर्दै सेवाको सुरुआत गरेका हुन् ।

    सम्झौता अनुसार एसोसिएसनका सबै सदस्यहरूले बैंकको २७५ शाखा र वेबसाइटमार्फत 'प्रोफेशनल बचत खाताु खोल्न पाउनेछन् । जसमा १० लाख रुपैयाँको दुर्घटना बीमा सुविधा पनि समावेश गरिएको छ । साथै, सदस्यहरूले व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend