२०८३, आश्विन १९ गते

images

शीर्ष नेतालाई बुझाइयो टीआरसी विधेयक प्रतिवेदन

शीर्ष नेतालाई बुझाइयो टीआरसी विधेयक प्रतिवेदन

बुधवार, श्रावण २३ २०८११२:४०
बुधवार, श्रावण २३ २०८११२:४०
  • images

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

    कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो । प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो ।

    कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए । टीआरसीका विवादित विषयमा कार्यदलले यही साउन १७ गते सहमति जुटाएको थियो। जसमा द्वन्द्वकालीन समयमा नियतवश वा स्वेच्छाचारी तरिकाले भएका हत्यालाई गम्भीर मानवअधिकार उल्लंघनमा राख्ने उल्लेख छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend