२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला...

नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने

नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने

सीएनएन खबर
शुक्रवार, जेठ ३० २०८२०८:४९
सीएनएन खबर
शुक्रवार, जेठ ३० २०८२०८:४९
  • images

    काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिजको घोषणा गरेको छ।

    नेपालले दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको यो पहिलो पटक हुनेछ । आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा टी-२० शृंखला हुनेछ । क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बरमा टेक्यानले वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई यस ऐतिहासिक श्रृङ्खलामा सहकार्य गरेकोमा धन्यवाद दिएको छ।

    यसअघि गत वर्ष वेस्ट इन्डिजको ए टोली नेपालमै आएर टी-२० शृंखला खेलेको थियो । यो सिरिज नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभई भविष्यका टी-२० विश्वकप एसिया छनोट को तयारीमा समेत महत्वपूर्ण मानिएको छ। विश्वकप छनोट यूएईकै छिमेकी देश ओमानमा अक्टोबरमा हुँदैछ ।

    खेल तालिका 

    पहिलो खेल : २७ सेप्टेम्बर २०२५

    दोस्रो खेल : २८ सेप्टेम्बर २०२५

    तेस्रो खेल : ३० सेप्टेम्बर २०२५

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend