२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • नेदरल्यान्ड्सविरुद्ध टी-२० सिरिजको पहिलो खेलमा नेपाल...

नेदरल्यान्ड्सविरुद्ध टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज प्रतिस्पर्धा गर्दै

नेदरल्यान्ड्सविरुद्ध टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज प्रतिस्पर्धा गर्दै

सोमवार, आषाढ २ २०८२१०:१५
सोमवार, आषाढ २ २०८२१०:१५
  • images

    काठमाडौँ । नेपालले आज (सोमबार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै टी-२० त्रिकोणात्मक सिरिजको सुरुवात गर्दै छ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली टिटवुडको ग्लासगोमा नेपाली समयअनुसार राति पौने ८ बजे डच टोलीसँग भिड्ने भएको हो। नेदरल्यान्ड्सलाई हराउँदै नेपाल सिरिजमा सुखद् सुरुवात गर्ने योजनामा छ। उता पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित नेदरल्यान्ड्स पनि पहिलो जित हासिल गर्ने दाउमा छ। 

    यसअघि सम्पन्न आईसीसी विश्वकप लिग-२ एक दिवसीय त्रिकोणात्मक सिरिजका दुवै खेलमा नेदरल्यान्ड्सलाई हराएको नेपाल उच्च मनोबलमा छ।  लिग-२ मा नेपालले नेदरल्यान्ड्सलाई पहिलो खेलमा ५ विकेटले र दोस्रो खेलमा १६ रनले हराएको थियो।यस्तै स्कटल्यान्डलाई पहिलो खेलमा १ विकेटले हराएको नेपाल दोस्रो खेलमा भने २ रनले हारेको थियो। 

    उता नेदरल्यान्ड्सलाई पहिलो खेलमा ४४ रनले हराएको घरेलु टोली दोस्रो खेलमा भने ४ विकेटले हारेको थियो। टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली बनाएको छ। टोलीमा किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह थपिएका छन्। 

    टी-२० का लागि आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने टोलीबाट दुई खेलाडी परिवर्तन गरिएका छन्। लिग-२ मा नेदरल्यान्ड्सविरुद्ध खेलेका सोमपाल कामी र गुल्सन झा चोटका कारण टी-२० सिरिजमा सहभागी हुन नसक्ने भएका हुन्। 

    नेपाली टोली 
    रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह, आरिफ शेख।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend