काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि रायरसुझाव मागेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमाको लागि रायरसुझाव भए राष्ट्र बैंककझ आर्थिक अनुसन्धान विभाग तथा इमेल : monetarypolicy@nrb.org.np मा असार १० भित्र उपलब्ध गराउन अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ ।

