२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • नेपालका विकास बैंकहरूको नाफामा वृद्धि, मुक्तिनाथ...

नेपालका विकास बैंकहरूको नाफामा वृद्धि, मुक्तिनाथ सबैभन्दा अगाडि

नेपालका विकास बैंकहरूको नाफामा वृद्धि, मुक्तिनाथ सबैभन्दा अगाडि

मंगलवार, आषाढ ३ २०८२११:२१
मंगलवार, आषाढ ३ २०८२११:२१
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले विकास बैंकहरूको वित्तीय स्थायित्व र सञ्चालनमा सुधारको संकेत दिएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा राष्ट्रियस्तरका विकास बैंकहरूले ३ अर्ब ५९ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन्।

    राष्ट्र बैंकका अनुसार राष्ट्रियस्तरका १६ वटा विकास बैंकहहरु मध्ये सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिानाथ विकास बैंक रहेको छ भने त्यसपछि क्रमशः गरिमा , साइन रेसुङगा, कामना, साँग्रिला लगायतका विकास बैंक रहेको छ ।

    सबैभन्दा बढी नाफा कमाउन सफल भएको मुक्तिनाथ विकास बैंकले ८७ करोड ६८ लाख रुपैयाँ नाफा गर्दै नेतृत्व कायम राखेको छ। त्यसपछि गरिमा विकास बैंक (८६ करोड ९३ लाख), साइन रेसुङगा (६१ करोड ५४ लाख), कामना सेवा (५७ करोड ७५ लाख) र साँग्रिला (४९ करोड ८७ लाख) बैंक रहेका छन्।

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा १० वटा विकास बैंकको नाफा बढ्दा २ वटा विकास बैंकको घटेको छ भने ४ वटा विकास बैंक भने नोक्सानी रहेको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend