२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • एभरेष्ट बैंकले ७.८३ मेगावाट क्षमताको चिनो...

एभरेष्ट बैंकले ७.८३ मेगावाट क्षमताको चिनो खोला जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने

एभरेष्ट बैंकले ७.८३ मेगावाट क्षमताको चिनो खोला जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने

सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२१०:३९
सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२१०:३९
  • images

    काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि १३६ करोड रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ।

    एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावर लिमिटेडका अध्यक्ष बिजय बहादुर श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित यस परियोजनालाई बुटवल पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गर्दै आएको हो। आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित चाइनिज ठेकेदार कम्पनीलाई EPC मोडलमा ठेक्का दिइएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् मनाङको धारापानीस्थित सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ।

    नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद–बिक्री सम्झौता २०८२ वैशाखमा भइसकेको छ। आयोजना सम्पन्न भएपछि वार्षिक ४४.४६३ गिगावाट–आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ, जसले राष्ट्रिय विद्युत् आपूर्तिमा उल्लेखनीय योगदान पुर्‍याउनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend