२०८३, आश्विन २० गते

images
  • राजनीति
  • प्रधानमन्त्री ओलीको स्पेन भ्रमणदेखि स्वास्थ्यमन्त्रीको थाइल्याण्ड...

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणदेखि स्वास्थ्यमन्त्रीको थाइल्याण्ड भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णयहरू

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणदेखि स्वास्थ्यमन्त्रीको थाइल्याण्ड भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णयहरू

बुधवार, आषाढ ४ २०८२०४:२७
बुधवार, आषाढ ४ २०८२०४:२७
  • images

    काठमाडौं । असार २ गते बसेको मन्त्रिपरिषद् बैठकको गरेका विभिन्न निर्णयहरू सार्वजनिक भएका छन् । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै असार २ गते मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेका हुन ।

    जसमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको बैंकक भ्रमणदेखि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको टर्की भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको लागि स्विकृत गरिएको निर्णयहरु समावेश गरिएको छ ।

    सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैँकबाट प्राप्त हुने करिब २‍० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

    यसैगरी दक्षिण कारिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने समेत सरकारको निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताए ।

    22_z6F7sfvuxL.jpg
    undefined
    23_w6eijAPfu3.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend