२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • त्रिदेशीय टी–२०आई शृंखलाको अन्तिम खेलमा आज...

त्रिदेशीय टी–२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड आमनेसामने

त्रिदेशीय टी–२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड आमनेसामने

सीएनएन खबर
शुक्रवार, आषाढ ६ २०८२१२:०६
सीएनएन खबर
शुक्रवार, आषाढ ६ २०८२१२:०६
  • images

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै छन् । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

    यस शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक खेल मात्र जितेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

    नेपालले भने ठीक विपरित पहिलो खेलमा हार बेहोरेपछि दुई जित निकालेको छ । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको छ ।

    नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा २ पटक मात्र खेलेको छ जहाँ १ जित र १ हारको नतिजा छ । टी-२०आईमा भने मंगलबारको खेल नै पहिलो थियो जहाँ नेपाल विजयी भएको थियो ।

    यसअघि लिग २ को एकदिवसीय शृंखलामा पनि नेपालले ४ मध्ये ३ जित निकालेको थियो । टी-२०आई शृंखलामा पनि नेपाल जितका साथ अन्त्य गर्न चाहनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend