२०८३, आश्विन २० गते

images

प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरुको बैठक सिंहदरबारमा

प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरुको बैठक सिंहदरबारमा

शुक्रवार, आषाढ ६ २०८२०३:०७
शुक्रवार, आषाढ ६ २०८२०३:०७
  • images

    काठमाडौं । शीर्ष तीन नेताहरूको बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताको बैठक सुरू भएको हो।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित दोस्रो वरीयताका नेताहरू पनि सहभागी छन्। बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी छन्।

    संक्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। संसद गतिरोध हटाउने विषयमा पनि उनीहरूबीच छलफल हुने बताइएको छ। यसअघि बिहीबार बोलाइएको बैठक प्रचण्ड नआएपछि स्थगित भएको थियो। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend