२०८३, आश्विन २० गते

images

ललितपुरको नीति तथा कार्यक्रम नगर सभामा पेस

ललितपुरको नीति तथा कार्यक्रम नगर सभामा पेस

शुक्रवार, आषाढ ६ २०८२०६:३१
शुक्रवार, आषाढ ६ २०८२०६:३१
  • images

    ललितपुर ।  ललितपुर महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ । महानगरको सातौँ नगर सभामा नगर प्रमुख चिरिबाबु महर्जनले नीति तथा कार्यक्रम पेस गरेका हुन् । नीति तथा कार्यक्रममा महानगरभित्रका सडकलाई रणनीतिक, सांस्कृतिक सडक निर्माण गर्ने बताइएको छ ।

    त्यस्तै, पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने महर्जनले बताए ।

    यो अवधारणाले यी वडालाई सांस्कृतिक वडा बनाउन सहयोग पुग्ने नगर प्रमुख महर्जनले बताए । त्यसैगरी दीर्घकालीन महत्त्व बोकेका सडकहरू पहिचान गरी ती सडकलाई रणनीतिक सडकहरूको रूपमा वर्गीकरण गरिने पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    महानगर प्रमुख महर्जन नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर र वडाले गर्ने सडकको समेत वर्गीकरण गर्ने बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend