२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • एसिसी पुरुष  यु–१६ इस्ट जोन कप...

एसिसी पुरुष  यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता: नेपाल जापानविरुद्ध पहिलो बलिङ गर्दै

एसिसी पुरुष  यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता: नेपाल जापानविरुद्ध पहिलो बलिङ गर्दै

सीएनएन खबर
मंगलवार, आषाढ १० २०८२१०:१३
सीएनएन खबर
मंगलवार, आषाढ १० २०८२१०:१३
  • images

    काठमाडौँ । मलेसियामा जारी एसिसी पुरुष  यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेटमैदानमा भर्खरै भएको टसमा जापानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ ।

    नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै यता जापानले भने भुटानलाई पराजित गरेको थियो ।

    एसियाली क्रिकेट परिषद् ९एसिसी०को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । 

    जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend