२०८३, आश्विन १९ गते

images

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

मंगलवार, आषाढ १० २०८२१२:३३
मंगलवार, आषाढ १० २०८२१२:३३
  • images

    काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमित इलाम घर भएकी एक जना महिलाको विराटनगरमा मंगलबार बिहान मृत्यु भएको छ। 

    कोरोना महामारी मत्थर भएयता संक्रमणका कारण विराटनगरमा भएको यो पहिलो मृत्यु भएको हो। उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको हो। नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार लामालाई उपचारका लागि मंगलबार बिहान ४स्२० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो। 

    अस्पतालको आकस्मिक कक्षमै बिहान ६ बजेतिर मृत्यु भएको जानकारी उनले दिए। 

    मृतकलाई श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने लगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हो। अवस्था गम्भीर बनेपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend