काठमाडौं । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियामा मंगलबार भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो।
पहिलो खेलमा सिंगापुरलाई हराएको नेपालले दुई खेलमा चार अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा स्थान बनाएको छ।
जापानले टस जितेर ब्याटिङ गर्दै ८० रनमा समेटिएको थियो। नेपालले लक्ष्य १४.२ ओभरमै एक विकेटको क्षतिमा पुरा गर्यो। शिवान्स बजगाईंले ३८ र प्रसिद्ध जैसीले ३३ रन बनाए। शुभम् खनालले ५ विकेट लिए।
नेपालको तेस्रो खेल असार १५ गते इन्डोनेसियासँग र चौथो खेल असार १७ गते भुटानसँग हुनेछ।

