२०८३, आश्विन १९ गते

images
  • समाचार
  • दाङको टिकुलीगढमा ड्रागन फ्रुट खेती :...

दाङको टिकुलीगढमा ड्रागन फ्रुट खेती : व्यवसायिक मोडेलको रूपमा विकसित हुँदै

दाङको टिकुलीगढमा ड्रागन फ्रुट खेती : व्यवसायिक मोडेलको रूपमा विकसित हुँदै

तीन बिघा जग्गामा उत्पादन सुरु, दैनिक दुई क्विन्टलभन्दा बढी बिक्री

शुक्रवार, आषाढ १३ २०८२१०:१३
शुक्रवार, आषाढ १३ २०८२१०:१३
  • images

    काठमाडौँ । दाङ जिल्लाको लमही नगरपालिका–३ टिकुलीगढमा किसान तुलबहादुर पुन र भरतबहादुर बुढामगरले सुरु गरेको व्यावसायिक ड्रागन फ्रुट खेती सफलताको नयाँ उदाहरण बनेको छ। थुर्पामाडी बहुउद्देश्यीय कृषि, फलफूल तथा पशुपन्छी फार्मको नाममा उनीहरूले तीन बिघा जग्गा भाडामा लिएर एक वर्षदेखि ड्रागन फ्रुट खेती गर्दै आएका छन्।

    Dragon Fruit.jpg
    undefined

    फार्ममा फलेको ड्रागन फ्रुट थोक बजारमा प्रतिकिलो रु ३५० र फुटकरमा रु ४०० मा बिक्री भइरहेको छ। हाल दैनिक दुई क्विन्टलभन्दा बढी फल बिक्री हुने किसानहरूको भनाइ छ। उत्पादनको गुणस्तर र बजारको माग उच्च भएकोले उनीहरू उत्साहित देखिन्छन्।

    खेती हेर्नका लागि सर्वसाधारणको आकर्षण बढ्दो छ। धेरैजसो स्थानीयवासी, कृषि व्यवसायमा रुचि राख्ने व्यक्ति तथा विद्यार्थीहरू फार्मको अवलोकनका लागि टिकुलीगढ पुग्ने गरेका छन्।

    Dragon.jpg
    undefined

    बजारमा पठाउनु अघि ड्रागन फ्रुटलाई ग्रेडिङ गरिन्छ।

    Dragon ready to sale.jpg
    undefined

    राम्रो व्यवस्थापन र प्याकेजिङमार्फत गुणस्तरीय उत्पादन बजारमा पठाइँदैछ। यसले उपभोक्ताको भरोसा जित्न सहयोग गरेको छ। विदेशमा मात्र होइन, नेपालमै पनि मेहनत, योजनाबद्धता र नवीन सोचका साथ कृषि व्यवसाय गरेर राम्रो आम्दानी गर्न सकिन्छ।

    Dragon ready sal.jpg
    undefined

    ड्रागन फ्रुटजस्तो उच्च मूल्यको बाली खेती गरेर गाउँमै बसोबास गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend