२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • लुम्बिनीमा सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि नेपाल...

लुम्बिनीमा सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि नेपाल एसबिआई बैंकले दियो लुम्बिनी विकास कोषलाई १० लाख

लुम्बिनीमा सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि नेपाल एसबिआई बैंकले दियो लुम्बिनी विकास कोषलाई १० लाख

आइतवार, आषाढ १५ २०८२०४:०५
आइतवार, आषाढ १५ २०८२०४:०५
  • images

    काठमाडौँ । नेपाल एसबिआई बैंक लिले लुम्बिनी बिकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्धारा संचालित बिभिन्न संरक्षणका कार्यक्रमका लागि १० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । 

    उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री र आगन्तुकहरुलाई सुविधा प्रदान गर्ने तथा पैदलमार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिनेछ । कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि), राममोहन राव अमराले लुम्बिनी बिकास कोषका सदस्य सचिब, सानुराजा शाक्यलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

    उक्त कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सल, बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नेपाल एसबिआई बैंकका संचालकहरु, रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती, गोपाल प्रसाद भट्ट, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, बैंकका प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा तथा कोषका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend