२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • रेनुका नगरकोटीको कप्तानी : नेपाली महिला...

रेनुका नगरकोटीको कप्तानी : नेपाली महिला फुटबलले खेल्दैछ सयौं अन्तर्राष्ट्रिय खेल

रेनुका नगरकोटीको कप्तानी : नेपाली महिला फुटबलले खेल्दैछ सयौं अन्तर्राष्ट्रिय खेल

आइतवार, आषाढ १५ २०८२०६:०१
आइतवार, आषाढ १५ २०८२०६:०१
  • images

    काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटेले नेपालको एक सयौँ खेलमा कप्तानी जिम्मेवारी पाएकी छिन्। एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा हुने लाओसविरुद्धको खेलमा रेनुकाले कप्तानी सम्हाल्ने भएकी हुन्।   

    सन् २०१० मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी रेनुकाले २०१७ मा कप्तानी जिम्मेवारी पाएकी थिइन्। चोटका कारण रेनुका टोलीबाट बाहिर रहेपछि सन् २०१८ मा नेपाली टोलीको कप्तानी निरु थापाले गरेकी थिइन्। सन् २०१९ देखि एञ्जिला तुम्बाप्पो सुब्बाले नेपालको कप्तानी गर्दै आएका थिइन्।

    गोलरक्षक एञ्जिलाको स्थान अन्जना रानामगरले लिएसँगै मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डेले कप्तानको जिम्मा रेनुकालाई दिएका हुन्। 

    सन् १९८६ मा हङकङविरुद्ध खेल्दै नेपालले अन्तराष्ट्रिय फुटबलमा पाइला राखेको थियो। ४० वर्षपछि नेपालले एक सय खेलको कोशेढुङ्गा पार गर्न लागेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend