२०८३, आश्विन २० गते

images

लाओसमाथि नेपालकाे ९-० को जित

लाओसमाथि नेपालकाे ९-० को जित

आइतवार, आषाढ १५ २०८२०८:५८
आइतवार, आषाढ १५ २०८२०८:५८
  • images

    काठमाडौं । उज्वेकिस्तानमा जारी महिला एसियन कप फुटबल छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले लाओसमाथि एकतर्फी जित निकालेको छ।

    शुक्रवार सम्पन्न खेलमा नेपालले लाओसलाई ९-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो। यो जित नेपाली महिला टोलीको १००औँ अन्तर्राष्ट्रिय खेलसमेत हो।

    नेपालले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप सात गोल गर्दै फराकिलो जित दर्ता गर्‍यो। कप्तान सावित्रा भण्डारी (साम्बा) एक्लैले पाँच गोल गर्दै खेलकी नायिका बनिन्। यस्तै, अनिता बस्नेत, अनिता केसी, सरू लिम्बू र रश्मीकुमारी घिसिङले एक–एक गोल गरे।

    नेपाल समूह एफमा लाओस, आयोजक उज्वेकिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

    नेपालको दोस्रो खेल आगामी साता श्रीलंकासँग हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend