२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा...

भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

मंगलवार, आषाढ १७ २०८२०३:२५
मंगलवार, आषाढ १७ २०८२०३:२५
  • images

    काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ ।

    नेपालले भुटानलाई २९८ रनको जित निकालेको हो । नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि बिपिन शर्माले ४ विकेट, सचिन भट्टले २ र सुयोग भट्टराईले २ विकेट लिए । भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए । उगेन केल्जाङले १० रन बनाए । नेपालले २२ रन अतिरिक्त रन दिएको थियो।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको थियो। नेपालका लागि सर्वाधिक रौनक श्रीवास्तवले १ सय ६८ ,जय थापा ६१, श्रीवांस बजगाई ५४ रन,सुगम बुढाथोकीले ३५ रन जोडे ।

    भुटानका लागि सञ्जय दोर्जीले ३ र तेन्जिङ जाम्त्सोले १ विकेट लिए ।

    यो जित सँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। प्रतियोगितामा अपराजित नेपालले ४ खेलबाट ८ अङ्क जोड्दै समूह विजेता बनेको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend