काठमाडौँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले उत्कृष्ट पशुसेवा शाखा र पशु प्राविधिकलाई सम्मान गरेको छ । विज्ञ केन्द्रले मंगलबार एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट कार्यसम्पादनको आधारमा जिल्लाका ३ वटा स्थानिय तह र उत्कृष्ट पशु स्वास्थ्य प्राविधिकलाई सम्मान गरेको हो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङको मुल्याकंन र उत्कृष्ट कार्यसम्पादनको आधारमा जिल्लाका ७ स्थानिय तह मध्य ३७.५ अंक प्राप्त गरि प्रथम स्थान हाँसील गर्न सफल सुन्दरबजार नगरपालिका प्रथम हुन सफल भएको छ । यसैगरी ३७.५ अंकका साथ बेसीशहर नगरपालिका दित्तिय र ३६ अंकका साथ मध्यनेपाल नगरपालिका तृतीय हुन सफल भएको छ । प्रथम, दित्तिय र तृतीय हुन सफल उत्कृष्ट पशु शाखा प्रमुखलाई प्रशंसा पत्र सहित सम्मान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा. सुनिल न्यौपानेले बताए ।
जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, पश्चिमाञ्चल मत्स्य विकास निर्देशनालय गण्डकीप्रदेशका महानिर्देशक बालकुमार श्रेष्ठ, कार्यालय प्रमुख डा. सुनिल न्यौपानेले उत्कृष्ट घोषित हुन सफलपशु सेवा शाखाका प्रमुखहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।यसैगरी कार्यसम्पादन मुल्याकंनकै आधारमा कार्यालयले जिल्लाका पशु स्वास्थ्य प्राविधिकलाई सम्मान गरेको छ ।
कार्यालयले बेसीशहर नगरपालिकाको पशु सेवा शाखामा कार्यरत पशु स्वास्थ्य प्राविधिक सुवास चिलुवाल, सुन्दरबजार नगरपालिकाको पशु शाखामा कार्यरत पशु स्वास्थ्य प्राविधिक शिवहरी मिश्र र राइनास नगरपालिकाको पशु शाखामा कार्यरत पशु स्वास्थ्य प्राविधिक निर्मलचन्द्र कट्टेललाई प्रथामिक उपचार सामाग्री सहित सम्मानपत्र द्धारा सम्मान गरिएको छ ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले उत्कृष्ट हुन सफल पशुसेवा शाखा र प्राविधिकहरुलाई बधाई दिँदै अझै उत्कृष्ट कार्य गर्न सुझाव दिए । जिल्लामा कार्यरत पशु स्वास्थ्य प्राविधिकहरुको साझा प्रयासबाट मात्रै अपेक्षित उपलब्धि हाँसील हुने हुँदा समन्वयमा काग गर्न सुझाव दिए ।
पश्चिमाञ्चल मत्स्य विकास निर्देशनालय गण्डकीप्रदेशका महानिर्देशक बालकुमार श्रेष्ठले सवैको साझा पहललले मात्र सफलता हाँसील गर्न सकिने बताए । कार्यसम्पादनका क्रममा भएका कमी कमजोरीलाई सुधार गर्दै अगडाी बढ्न उनले पशु स्वास्थ्य प्राविधिकहरुलाई अनुरोध समेत गरे ।
उनले कर्मचारीको उत्प्रेरण जगाउन सके, किसानहरुको क्षमता अभिवृद्धि गर्न सकेमा अपेक्षित उपलब्धि हाँसील गर्न सकिने धारणा राखे । कार्यक्रममा कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा सहित जिल्लाका ८ वटै स्थानिय तहका सेवा शाखामा कार्यरत प्राविधिकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्राविधिक सहायक प्रकाश पुनले गरेका थिए ।

