२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यू–१६...

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यू–१६ इष्ट जोन कपको फाइनलमा

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यू–१६ इष्ट जोन कपको फाइनलमा

बिहिवार, आषाढ १९ २०८२१२:१०
बिहिवार, आषाढ १९ २०८२१२:१०
  • images

    काठमाडौं । एसीसी पुरुष यू–१६ इष्ट जोन कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै उपाधिनजिक पुगेको छ। बिहीबार भएको पहिलो सेमिफाइनलमा मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै १ विकेटको क्षतिमा भेट्टायो।

    ओपनर परिमहर्जन यादव ९५९ नटआउट० र श्रीवांस बजगाइ (२३ नटआउट) ले दोस्रो विकेटका लागि ७५ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए। परिमहर्जनले ३५ बलमै ५ चौका र ५ छक्का प्रहार गरेका थिए। अर्का ओपनर प्रसिद्ध जैसी २ रनमा आउट भए।

    टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४३.१ ओभरमै ९० रनमा अलआउट पारेको थियो। मलेसियाका मोहम्मद फाथुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान डियाज पट्रोले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर पार गर्न सकेनन्।

    नेपालका बलरमध्ये अभय यादवले उत्कृष्ट प्रदर्शन गर्दै १५ रन खर्चेर ४ विकेट लिए। शुभम खनालले १२ रन खर्चेर ३ विकेट र ४ ओभर मेडन राखे। विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १-१ विकेट लिए।

    नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेता हङकङ र सिंगापुरमध्ये एकसँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा हङकङले दिएको १६९ रनको लक्ष्य पछ्याउँदै सिंगापुर ब्याटिङ गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend