२०८३, आश्विन १९ गते

images

यी ३ कम्पनीले गर्छन् दूरसञ्चार सेवाप्रदायक कम्पनीको साइबर सेक्युरिटी अडिट

यी ३ कम्पनीले गर्छन् दूरसञ्चार सेवाप्रदायक कम्पनीको साइबर सेक्युरिटी अडिट

सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०१:००
सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०१:००
  • images

    काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीको साइबर सेक्युरिटी अडिटिका लागि ३ कम्पनी छनोट गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ का लागि दूरसञ्चार सेवाप्रदायकहरूको साइबर सेक्युरिटी अडिटिङ आईएस (सूचना सुरक्षा) तथा क्लाउड अडिटरको सूची सार्वजनिक गरेको हो ।

    प्राधिकरणले सार्वजनिक गरेको आईएस तथा क्लाउड दुवै अडिटिङका लागि बिज सर्भ आईटी प्रालि, सिनिकल टेक्नोलजी प्रालि र एमिनेन्स वेज प्रालि छनोट भएका छन् । यी तीनै अडिटर नेपालकै साइबर सुरक्षा कम्पनी हुन् । 

    प्राधिकरणले जारी गरेको साइबर सुरक्षा विनियमावली २०७७ अनुसार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त हरेक सेवाप्रदायकले हरेक आर्थिक वर्ष बाहिरको अर्थात् सरकारले तोकेको आईएस (सूचना सुरक्षा) अडिटर तथा क्लाउड अडिटरबाट अडिट गराउनुपर्ने प्रावधान छ ।

    सोही अनुरूप प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कम्पनीमध्येबाट साइबर सेक्युरिटी अडिटरको रोस्टर सार्वजनिक गरेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend