२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • विद्यालयका प्रअ, अध्यक्ष र वडाअध्यक्षसहित १४...

विद्यालयका प्रअ, अध्यक्ष र वडाअध्यक्षसहित १४ व्यक्ति तथा निर्माण कम्पनीविरुद्ध मुद्दा

विद्यालयका प्रअ, अध्यक्ष र वडाअध्यक्षसहित १४ व्यक्ति तथा निर्माण कम्पनीविरुद्ध मुद्दा

आइतवार, आषाढ २२ २०८२०९:५८
आइतवार, आषाढ २२ २०८२०९:५८
  • images

    काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिक वडा नं. ७ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक नरदेव रोकायासहित १४ व्यक्ति र एक निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

    प्रअ रोकाया, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा, मुड्केचुला गाउँपालिका, वडा नं.७ का वडाध्यक्ष दत्त बहादुर बुढालगायत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    उनीहरूसमेतको मिलेेमतोमा विद्यालयको रिटेनिङ वाल कन्स्ट्रक्सनको ठेक्‍का गाउँपालिकाको अध्यक्षको श्रीमती एवं सोही विद्यालयका शिक्षिकाको नाममा रहेको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई बोलपत्र पारी सार्वजनिक खरिद ऐन नियमावली विपरीत कार्य गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

    आ.व. २०७९/०८० मा वालको ठेक्‍का ई बीआईडी मार्फत बोलपत्र आव्हान गरी, बोलपत्र कागजात तयार तथा मूल्याङ्‍कन गर्दा साइट भिजिटलाई थप अनिवार्य शर्त राखी सोही आधारमा बोलपत्रको मूल्याङ्‍कन गरेको, सार्वजनिक खरिद ऐन, नियम तथा शिक्षा ऐन, नियमको मर्म विपरीत सम्बन्धित विद्यालयमै कार्यरत शिक्षिकाको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई छनौट गरेको अख्तियारले जनाएको छ।

    बोलपत्र मूल्याङ्‍कन गर्दा न्यून कबोल अंक भ्याट बाहेक रु.४९ लाख ८३ हजार ३९४ रुपैयाँ ९० पैसा कबोल गरेको महातारा निर्माण सेवालाई बिना कारण साइट भिजिट नभएको भन्ने आधार लिई अयोग्य ठहराएको र चौथो नम्बरको कम कबोल अंक भ्याट बाहेक रु.७९ लाख ५१ हजार ७२९ रुपैयाँ ८५ पैसा भएको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवा संचालकलाई आफूखुशी छनौट गरी उक्त निर्माण सेवाले भुक्तानी पाएको रकम ७९ लाख ४४ हजार ८७ रुपैयाँ ४५ पैसाबाट सबैभन्दा न्यून अङ्क बोल कबोल गर्ने महातारा निर्माण सेवाको भ्याट बाहेक ४९ लाख ८३ हजार ३९४ रुपैयाँ ९० पैसा घटाउँदा हुन आउने फरक रकम रु.२९ लाख ६० हजार ६९२ रुपैयाँ ५५ पैसा बराबरको रकम नेपाल सरकार तथा अन्नपूर्ण माध्यमिक विद्यालयलाई हानिनोक्सानी गरेको पुष्टि भएको अख्तियारको ठहर छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend