२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी...

महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी भन्छिन्– कप्तान चयन गर्ने विषय आन्तरिक हो

महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी भन्छिन्– कप्तान चयन गर्ने विषय आन्तरिक हो

सोमवार, आषाढ २३ २०८२०३:३७
सोमवार, आषाढ २३ २०८२०३:३७
  • images

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले टिमको कप्तान चयनलाई लिएर केही विवाद भएको स्वीकार गरेकी छन्। तर उनले यो विषय आन्तरिक कुरा भएको र टिम एकताबद्ध भएर अगाडि बढिरहेको विश्वास व्यक्त गरेकी छन्।

    उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटपछि फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सावित्राले भनेकी छन्, “कप्तान बनाउने विषयमा विवाद हुनु राम्रो होइन, तर त्यस्तो घटना भयो। यसले मलाई दबाब पनि दिएको छ।”

    प्रशिक्षक प्याट्रिक डे वाइल्ड र टोली अफिसियलबीच कप्तान चयनमा मतभेद भएको सार्वजनिक भएको थियो। प्रारम्भमा नियमित कप्तान र गोलकिपर अञ्जिला तुम्बापो सुब्बालाई जिम्मेवारीबाट हटाएर, कप्तानमा सावित्रा र गोलकिपरमा अञ्जनालाई जिम्मेवारी दिइएको थियो। यसअघि एन्फाले वरिष्ठ खेलाडी रेनुका नगरकोटीलाई कप्तान बनाउने घोषणा गरेको थियो तर पछि नाम परिवर्तन गरी सावित्रालाई कप्तान बनाएको थियो।

    सावित्राले भनिन्,“टिमका सबै खेलाडीले नेपाललाई अगाडि बढाउने क्षमता राख्छन्। प्लेइङ एलाभेनका खेलाडीहरू र बेन्चका सबै कप्तान जस्तै लिडर हुनसक्छन्।”

    उनले कप्तानको जिम्मेवारी पाउँदा खुसी त लागेको तर दबाब पनि महसुस भएको बताइन् र आगामी दिनमा यस्तो विवाद नआओस् भन्ने चाहना व्यक्त गरिन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend