२०८३, आश्विन २३ गते

images
  • समाचार
  • विद्युत उत्पादन बन्दः पालिका अध्यक्ष भन्छ्नः...
रसुवा बाढी

विद्युत उत्पादन बन्दः पालिका अध्यक्ष भन्छ्नः सडक अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो

विद्युत उत्पादन बन्दः पालिका अध्यक्ष भन्छ्नः सडक अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो

मंगलवार, आषाढ २४ २०८२१०:१६
मंगलवार, आषाढ २४ २०८२१०:१६
  • images

    काठमाडौँ । रसुवामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

    प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ ।

    त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत बन्द छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति नभएको उनले बताए ।

    त्यस्तै ६० मेगावाट क्षमताको  त्रिशूली ३ ए आयोजनामा भएको क्षतिको विवरण आएको छैन । तर भवनमा बाढी पसेको छ । त्रिशूली ३ बी सबस्टेसनलाई हिलोले छोपेको जानकारी उनले दिए । आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।

    त्यस्तै चिलिमेको पावरहाउसमा पानी छरे पनि क्षति भने नपुगेको उनले बताए । त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको उनले जानकारी उनले दिए ।

    यिनै आयोजनाको उत्पादन बन्द भएकाले त्रिशूली करिडोरमा रहेका प्राधिकरणका आयोजनाको कुल २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको शाक्यले बताए ।

    सडक अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ 

    रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढी र पहिरोले ९र१० ठाउँमा बाटो अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा कठिनाइ भएको बताएका छन् ।

    मंगलबार बिहान करिब तीन बजे एकाएक आएको भीषण बाढी र पहिरोले ठूलो क्षति पुर्याएको हो ।

    गाउँपालिका अध्यक्ष तामाङका अनुसार चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोलामा उर्लिएको बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रमा बढी क्षति पुगेको छ । बाढीले बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि पूर्णरूपमा बगाएको छ ।

    अध्यक्ष तामाङले भने, ‘नौरदश ठाउँमा बाटो भत्किएको छ । यसले हामीलाई उद्धार र राहतमा ठूलो समस्या भएको छ ।’

    भोटेकोसीमा बाढी: सुख्खा बन्दरगाहमै रहेका ११ जना बेपत्ता, बाढीमै फसे हाइड्रोका कर्मचारी भोटेकोसीमा बाढी: सुख्खा बन्दरगाहमै रहेका ११ जना बेपत्ता, बाढीमै फसे हाइड्रोका कर्मचारी

    चीनमा बाढी: मितेरी पुल बगायो, रसुवा भन्सार कार्यालयमा क्षति चीनमा बाढी: मितेरी पुल बगायो, रसुवा भन्सार कार्यालयमा क्षति

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend