काठमाडौँ । भोटेकोसी नदीमा आज बिहान आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन्।
आज बिहान भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
भोटेकोसीमा सानो बाढी सोमबारदेखि नै आएको स्थानीयले बताएका छन्। आज बिहान एक्कासी आएको ठूलो बाढीले मानवीय र भौतिक क्षति गरेको हो।
स्थानीयका अनुसार रसुवागढी सुख्खा बन्दरगाहमाथि चारवटा हिमताल छन्। ती मध्ये कुनै ताल फुट्दा बाढी आएको हुनसक्ने अनुमान पनि स्थानीयले गरेका छन्।
यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारको पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।
चीनमा बाढी: मितेरी पुल बगायो, रसुवा भन्सार कार्यालयमा क्षति

