२०८३, आश्विन १९ गते

images
  • समाचार
  • चीनमा बाढी: मितेरी पुल बगायो, रसुवा...

चीनमा बाढी: मितेरी पुल बगायो, रसुवा भन्सार कार्यालयमा क्षति

चीनमा बाढी: मितेरी पुल बगायो, रसुवा भन्सार कार्यालयमा क्षति

मंगलवार, आषाढ २४ २०८२०६:४९
मंगलवार, आषाढ २४ २०८२०६:४९
  • images

    काठमाडौँ । रसुवाको सीमा क्षेत्रमा चीनतर्फबाट आएको बाढीको कारण केही भन्सार कार्यालयमा क्षति पुगेको छ ।

    भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

    यस्तै भन्सारको यार्ड ९ड्राइपोट० मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले जानकारी दिए । 

    उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए । 

    उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend