२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • हरिशयनी एकादशीको अवसरमा गरिमा विकास बैंकले...

हरिशयनी एकादशीको अवसरमा गरिमा विकास बैंकले रोप्यो ६ स्थानमा वर र पिपल

हरिशयनी एकादशीको अवसरमा गरिमा विकास बैंकले रोप्यो ६ स्थानमा वर र पिपल

मंगलवार, आषाढ २४ २०८२१०:३०
मंगलवार, आषाढ २४ २०८२१०:३०
  • images

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्व राख्ने बर र पिपलका बिरुवाहरूको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

    बैंकमा आइतबार हरिशयनी एकादशीको अवसर पारेर उक्त स्थानमा वृृक्षारोपण गरेको हो । जसमा कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छाँयाक्षेत्र शिवमन्दिर परिसर तथा दाङ्ग जिल्लाको मोतिपुर पुल क्षेत्रमा बर र पिपल वृक्षारोपण कार्यक्रम गरिएको जनाईएको छ । 

    विकास बैंकले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी, विकास बैंकका कर्मचारी, शेयरधनी महानुभावहरु तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । 

    यस किसिमका कार्यले वातावरण संरक्षण, हरित विकासको प्रवद्र्धनका साथै धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विकास बैंकले विश्वास लिएको छ । बृक्षारोपण गरिएको क्षेत्रलाई आगामी दिनमा बर–पिपल चौतारीको रुपमा विकास तथा संरक्षण गर्ने लक्ष्य समेत रहेको छ । यस विकास बैंकले दिगो विकास, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend