२०८३, आश्विन १९ गते

images
  • समाचार
  • रसुवा बाढीको क्षति विवरण संकलन गर्न...

रसुवा बाढीको क्षति विवरण संकलन गर्न समिति गठन

रसुवा बाढीको क्षति विवरण संकलन गर्न समिति गठन

बिहिवार, आषाढ २६ २०८२०२:०९
बिहिवार, आषाढ २६ २०८२०२:०९
  • images

    काठमाडौँ । रसुवा जिल्ला प्रशासनले बाढीबाट भएको क्षति विवरण संकलन गर्न समिति गठन गरेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षताको जिल्ला सुरक्षा समिति, विपद् व्यवस्थापन  संयुक्त बैठकले समिति गठनको निर्णय गरेको हो।

    जिल्ला प्रशासनले गल्छी–त्रिशूली, मैलुङ–स्याफ्रुबेंसी रसुवागढी सडक आयोजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको हो। समितिले विपद् प्रभावित क्षेत्रमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गरी प्रतिवेदन पेस गर्नेछ।

    समिति सदस्यमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई, सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख ई. शशिन्द्र घिमिरे, उत्तरगया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, गोसाइँकुण्ड–२ का वडाध्यक्ष कामी छिरिङ तामाङ र यान्त्रिक कार्यालयका प्रमुख ई।विजय हाछेथु रहेका छन्।

    यस्तै, नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर शोभाकान्त राउत, नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगबहादुर घिमिरे, विद्युत प्राधिकरण रसुवा वितरण केन्द्रका प्रमुख गुञ्जमान तामाङ, नेपाल टेलिकम रसुवाका प्रमुख नारायणराज श्रेष्ठ, रसुवागढी जलविद्युत कम्पनीका प्रमुख सत्यराम ज्याख्वा, चिलिमे जलविद्युत् कम्पनी प्रमुख मनिष विष्ट सदस्य सहायक प्रमुख जिल्ला अधिकारी धुव्रप्रसाद अधिकारीलाई सदस्यसचिव तोकिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend