२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • सिद्धार्थ बैंक ऋणपत्र निष्काशन आजदेखि खुल्ला,...

सिद्धार्थ बैंक ऋणपत्र निष्काशन आजदेखि खुल्ला, कति पाइन्छ ब्याजदर ?

सिद्धार्थ बैंक ऋणपत्र निष्काशन आजदेखि खुल्ला, कति पाइन्छ ब्याजदर ?

आइतवार, आषाढ २९ २०८२१०:१८
आइतवार, आषाढ २९ २०८२१०:१८
  • images

    काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७।२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ निष्काशन गरेको हो ।

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। 

    सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

    लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशनको अवधि छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गतेसम्म रहनेछ।

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend