२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • भारतीय महिला टोलीले इङ्ल्यान्डमा पहिलोपटक टी–२०...

भारतीय महिला टोलीले इङ्ल्यान्डमा पहिलोपटक टी–२० द्विपक्षीय शृंखला जित्यो

भारतीय महिला टोलीले इङ्ल्यान्डमा पहिलोपटक टी–२० द्विपक्षीय शृंखला जित्यो

सीएनएन खबर
आइतवार, आषाढ २९ २०८२११:२८
सीएनएन खबर
आइतवार, आषाढ २९ २०८२११:२८
  • images

    काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले इङ्ल्यान्डविरुद्धको घरेलु मैदानमा पहिलोपटक टी–२० द्विपक्षीय शृंखला जितेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

    पाँच खेलको शृंखलामा भारतले तीन खेलमा विजयी हुँदै शृंखला आफ्नो पक्षमा पार्न सफल भएको हो। यद्यपि अन्तिम खेलमा इङ्ल्यान्डले ५ विकेटले जित हात पारेको थियो।

    भारतले अन्तिम खेलमा पहिलो ब्याटिङ गर्दै १६७ रन बनाएको थियो, तर इङ्ल्यान्डले जवाफमा २० ओभरमै १६८ रन बनाउँदै खेल जित्यो।

    बीसीसीआई वुमनका अनुसार, यस शृंखलामा उत्कृष्ट प्रदर्शन गरेकी भारतीय स्पिनर श्री चरणीलाई १० विकेट लिएको आधारमा प्लेयर अफ द सिरिज घोषित गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend