काठमाडौं । जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष इञ्जिनियर दीपक शाहमाथि मोसो फालेर दुर्व्यवहार गरिएको छ। पार्टीबाट कारबाहीमा परेका शाहले सुरु गरेको ‘जनसंवाद यात्रा’ अन्तर्गत बारा पुग्दा आफ्नै पार्टीका कार्यकर्ताहरूले यस्तो व्यवहार गरेका हुन्।
शाह आफ्नो गाडीमै रहेको बेला केही युवाहरूले बोतलबाट कालो मसी फालेका थिए भने त्यसक्रममा ‘मुर्दावाद मुर्दावाद’ भन्ने नारा समेत लगाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
दीपक शाह र अन्य केही नेताहरूले पार्टीभित्रको गुटबन्दी र असहिष्णुताको विरोधमा ‘जनसंवाद यात्रा’ सुरु गरेका हुन्। यसले जनमत पार्टीभित्रको आन्तरिक असहमति र संघर्ष सतहमा आएको छ।

