२०८३, आश्विन २० गते

images

इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते

इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते

सीएनएन खबर
सोमवार, आषाढ ३० २०८२१०:४०
सीएनएन खबर
सोमवार, आषाढ ३० २०८२१०:४०
  • images

    काठमाडौँ । गत महिना इजरायलले गरेको आक्रमणमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।

    इरानको आधिकारिक न्युज एजेन्सी फार्सका अनुसार, जुन १६ मा राष्ट्रपति पेजेस्कियान तेहरानको एक गोप्य भूमिगत संरचनामा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपत्‌कालीन बैठकमा भाग लिइरहेका थिए।

    त्यस क्रममा इजरायलले गोप्य भूमिगत संरचनाका प्रवेश मार्गमा छवटा बम हानेको थियो। जसमा परी राष्ट्रपति पेजेस्कियानको खुट्टामा चोट लागेको थियो।

    इजरायलले यस रिपोर्टमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। गत हप्ता मात्र इरानका राष्ट्रपति पेजेस्कियानले इरानले आफूलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए।

    इजरायली रक्षामन्त्री इजरायल काट्जले भने यसलाई अस्वीकार गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend