२०८३, आश्विन २० गते

images
  • समाचार
  • सामान्य प्रशासनमन्त्रीको घुस डिल प्रकरणः मुछिइन...

सामान्य प्रशासनमन्त्रीको घुस डिल प्रकरणः मुछिइन पूर्वमन्त्री रञ्जिता श्रेष्ठ

सामान्य प्रशासनमन्त्रीको घुस डिल प्रकरणः मुछिइन पूर्वमन्त्री रञ्जिता श्रेष्ठ

सोमवार, आषाढ ३० २०८२१०:४३
सोमवार, आषाढ ३० २०८२१०:४३
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मालपोतका कर्मचारी सरुवाका लागि घुसको डिल गरेको अडियोमा रञ्जिता श्रेष्ठ समेत मुछिएकी छिन् । 

    पोखरा मालपोतका तत्कालीन प्रमुख तथा भूमि आयोग अध्यक्ष नियुक्तिमा घुस डिल भएको अडियोमा सुनिएको महिलाको आवाज पूर्वमन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जिता श्रेष्ठ रहेको खुलेको हो । 

    मन्त्री गुप्ताले भूमिमन्त्री बलराम अधिकारीलाई पोलीरहँदा सोही अडियोमा सुनिएको महिलाको आवाज उनै श्रेष्ठको रहेको पाइएको हो । उनले आफू सो स्थानमा रहेको स्वीकार गरे पनि घुस लेनदेनमा आफू संलग्न नरहेको दावी गरेकी छन् । 
    राजीनामा नदिए बर्खास्तीको तयारी

    बहालवाला मन्त्रीकै घुसको अडियो सार्वजनिक भएपछि सत्तारुढ दलमा हलचल मैचिएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठमा विपक्षी दलले प्रधानमन्त्री केपीशर्मा ओलीले यो विषयमा जवाफ दिनुपर्ने माग भैरहँदा ओलीले उनलाई बर्खास्तीको तयारी गरेको पाइएको हो । 

    नेकपा एमालेको कोटाबाट मन्त्री भएका व्यक्तिले नियुक्ती र कर्मचारी हटाउन विचौलीयासँग ७८ लाख घुस मागेको अडियो सार्वजनिक भएसँगै उनले राजीनामा नदिए हटाउने तयारी गरिएको हो ।

    सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी भइरहँदा सोही प्रकरणमा मुछिएका भूमिसुधार तथा सहकारीमन्त्री बलराम अधिकारीलाई भने जोगाउने तयारी गरिएको छ । 

    घुस लिएको कुराको प्रमाण नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि प्रधानमन्त्री केपी ओलीले बाध्य भएर गुप्तालाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाई छ । 

    स्रोतका अनुसार गुप्तालाई सकेसम्म राजीनामा गराउने, नभए बर्खास्त गराउने तयारी भए पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीलाई भने यही आरोपकै आधारमा तत्काल कुनै निर्णय नलिने सम्भावना छ । ‘बलरामले पैसा खाइसक्यो’ भने पनि त्यसको तथ्य प्रमाण नभएकोले मन्त्री अधिकारीलाई हटाउनु अन्याय हुने सत्ताधारी पक्षको तर्क छ । 

    अडियोलाई आधार मान्दा भूमि आयोगको जिल्ला अध्यक्ष जस्तो राजनीतिक नियुक्तिमा मात्र नभएर मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा पनि डिल भएको छ । मापालपोत कार्यालय प्रमुख सरुवामा ५३ लाख घुसको डिल भएको छ ।

    यो घुस प्रकरणको प्रमाण तीन साताअघि नै अख्तियार पुगिसक्दा पनि कारवाही प्रक्रिया अघि बढाउन रोक्नुले प्रधानमन्त्री ओली प्रति नै आशंका जन्माएको छ । उनले आफू भ्रष्टाचार नगर्ने र गर्न नदिने तर्क गर्दै आएका थिए ।

    घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले भनेः एआईको प्रयोग गरेर अडियो बनाईयो, मेरो स्वर होइन

    स्वकीय सचिवपछि सामान्य प्रशासनमन्त्री गुप्ता आफैले मागे घुस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend