काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। घुस डिल प्रकरणमा मुछिएका उनी सोमबार बालुवाटार पुगेका हुन्।
घुस मागेको अडिओ सार्वजनिक भएपछि गुप्ता चौतर्फी दबाबमा परेका छन्। उनी राजीनामा दिने मनस्थितिमा पुगेका बताइएको छ। त्यसकै परामर्शका लागि उनी प्रधानमन्त्रीकहाँ पुगेको स्रोतले जनाएको छ।
मन्त्रिपरिषद्को बैठक बदै
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक साँझ ६ बजेपछि बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुुप्ताले कर्मचारी सरुवा तथा नियुक्तीमा घुस मागेको अडियो सार्वजनिक भएको छ । मन्त्री गुप्ताले उक्त अडियोमा भूमिमन्त्री बलराम अधिकारीलाई समेत पोलेका छन् । दुईमन्त्री विवादीत भएपछि त्यसको विषयमा समेत आजको मन्त्रिपरिषदको बैठकमा छलफल हुने जनाईएको छ ।
सोमबार साँझसम्म मन्त्रीको राजीनामा नआए मन्त्रिपरिषद्ले समेत बर्खास्ती गर्ने समेत तयारी भएको जनाईएको छ । तर, प्रधानमन्त्रीको सचिवालयले भने यो बैठक नियमित रहेको बताएको छ।

