२०८३, आश्विन २० गते

images

नबिल बैंकको ऋणपत्र साउन ६ देखि खुल्ने, ७ प्रतिशत ब्याज पाइने

नबिल बैंकको ऋणपत्र साउन ६ देखि खुल्ने, ७ प्रतिशत ब्याज पाइने

सीएनएन खबर
सोमवार, आषाढ ३० २०८२११:४०
सीएनएन खबर
सोमवार, आषाढ ३० २०८२११:४०
  • images

    काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि '७ प्रतिशत नबिल डिबेन्चर २०८९' नामक ऋणपत्र निष्कासन गर्ने भएको छ।

    बैंकले आठ वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्ने सर्वसाधारणले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। उक्त ब्याज अर्धवार्षिक रूपमा वितरण गरिनेछ भने ऋणपत्रको म्याद समाप्त भएपछि मुख्य रकम (साँवा) फिर्ता गरिनेछ।

    नबिल बैंकले प्रति कित्ता १ हजार रुपैयाँ दरमा कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो, जसअन्तर्गत १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

    लगानीकर्ताले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन २० गतेसम्म आवेदन दिन सक्नेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ भने आवेदन मेरो सेयरमार्फत अनलाइनमार्फत दिन सकिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend