२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रश्न सोध्ने प्रचण्डलाई ओलीको जवाफ– बनिरहेको...

प्रश्न सोध्ने प्रचण्डलाई ओलीको जवाफ– बनिरहेको प्यारापिट हेर्न जानुस्

प्रश्न सोध्ने प्रचण्डलाई ओलीको जवाफ– बनिरहेको प्यारापिट हेर्न जानुस्

सोमवार, आषाढ ३० २०८२०५:५४
सोमवार, आषाढ ३० २०८२०५:५४
  • images

    काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटको अभावबारे संसदमा उठाएको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र प्रतिक्रिया दिएका छन्।

    सोमबार संसदको विशेष सम्बोधन क्रममा प्रचण्डले मैदानमा आवश्यक भौतिक संरचनाको कमीप्रति प्रश्न उठाएका थिए। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई बनिरहेको संरचना हेर्न सुझाव दिएका छन्।

    ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ,’ ओलीले फेसबुकमा लेखेका छन्।

    ओलीले आफू प्रधानमन्त्री हुँदा थालिएका काम र समयसीमा निर्धारणका आधारमा गरिएका योजनाको स्मरण गराउँदै प्रचण्डको कार्यकालको आलोचना पनि गरे। उनले भने, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन, गर्नुभयो पनि छैन।’

    आफ्नो नेतृत्वमा देशको अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गर्दै ओलीले प्रचण्डप्रति कटाक्ष गरे, ‘तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’

    प्रचण्डले संसदमा उठाएको प्रश्नले भौतिक पूर्वाधार निर्माणको गति र सरकारको प्राथमिकतामाथि पुनः बहस सुरु गराएको छ। तर ओलीको जवाफले यो विषय अब राजनीतिक तिक्ततासँग पनि गाँसिएको देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend