२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • राष्ट्रिय सभामा अल्पमतमा संयुक्त सरकार, जसपालाई...

राष्ट्रिय सभामा अल्पमतमा संयुक्त सरकार, जसपालाई फर्काउन लबिङः ओलीले दिए मन्त्रीको अफर

राष्ट्रिय सभामा अल्पमतमा संयुक्त सरकार, जसपालाई फर्काउन लबिङः ओलीले दिए मन्त्रीको अफर

मंगलवार, आषाढ ३१ २०८२१०:३१
मंगलवार, आषाढ ३१ २०८२१०:३१
  • images

    काठमाडौँ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र जसपा नेपालबीचको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपाललाई पनि सहरकारमा सहभागी हुन आग्रह गरे । 

    कांग्रेस एमालेको संयुक्त सरकारलाई समर्थन गरेतापनि सरकारमा सहभागी नभएको उपेन्द्र यादव नेतृत्वको जसपालाई ओलीले मन्त्रीको समेत अपर गरेको बताईएको छ । 

    सरकारलाई समर्थन गरेपनि उक्त पार्टी सरकारमा भने सहभागी छैन । बरु उक्त पार्टीले केही अघि समर्थन फिर्ता लिने निर्णय लिएको थियो । तर त्यसको औपचारिक कार्यान्वयन भने गरिसकेको छैन ।

    कांग्रेस र एमाले मिल्दा पनि राष्ट्रिय सभामा सरकारको पक्षमा बहुमत नभएकाले प्रतिनिधिसभामा ५ र राष्ट्रिय सभामा ३ सदस्य भएको जसपा नेपाललाई सरकारमा ल्याउने गृहकार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । त्यसमा कांग्रेसको समेत समर्थन छ ।

    राष्ट्रिय सभामा अल्पमतमा पर्दा सरकारले चाहेजस्तो विधेयक पारित नहुने जोखिम बढेकाले पनि जसपा नेपाललाई सरकारमा ल्याउन खोजिएको बालुवाटार स्रोतले बतायो । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सदस्य आवश्यक पर्छ । कांग्रेसका १६ र एमालेका १० सदस्य छन् । सरकारमा सहभागी लोसपाको १ र जसपा नेपालको ३ सदस्य पक्षमा हुँदा मात्रै सरकारलाई बहुमत पुग्छ ।

    प्रधानमन्त्री ओलीले सोमबार राति बोलाएको बैठकमा अध्यक्ष यादव पार्टीका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवलाई लिएर बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्रीले ‘मधेशको मुख्य शक्ति नै तपाईंहरू, मिलेर जाऔँ, सरकारमा आउनुहोस्’ भनेर प्रस्ताव गरेका थिए । 

    प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक मंगलबारको संसद् बैठकको कार्यसूचीमा चढाउन निर्देशन दिएर बैठकमा बोलाएपछि जसपा नेपालका नेताहरू सुरुमै झस्किएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend