२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल...

साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

सीएनएन खबर
मंगलवार, आषाढ ३१ २०८२१०:४४
सीएनएन खबर
मंगलवार, आषाढ ३१ २०८२१०:४४
  • images

    काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको छ। बसुन्धरा किङ्स एरेनामा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।

    नेपालले प्रतियोगिताको पहिलो खेलमा भुटानलाई ६–१ को गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ को झिनो हार व्यहोरेको थियो।

    श्रीलंकाको प्रदर्शन भने निकै कमजोर देखिएको छ। उसले पहिलो खेलमा बंगलादेशसँग ९–१ र दोस्रो खेलमा भुटानसँग ५–० को हार बेहोरेको थियो।

    प्रतियोगितामा अहिलेसम्म बंगलादेश २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। नेपाल र भुटान समान ३ अंकमा रहेका छन्, तर गोलअन्तरका आधारमा नेपाल दोस्रो स्थानमा छ।

    चार टोली सहभागी यस च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा भइरहेको छ। जसअनुसार प्रत्येक टोलीले अन्य टोलीहरूसँग दुईपटक खेल्नेछ। प्रतियोगिता अन्त्यमा सर्वाधिक अंक हासिल गर्ने टोली च्याम्पियन बन्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend