२०८३, आश्विन १९ गते

images

काग्रेसको विरोधपछि लुम्बिनी प्रदेश सभा अवरुद्ध

काग्रेसको विरोधपछि लुम्बिनी प्रदेश सभा अवरुद्ध

सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०३:१०
सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०३:१०
  • images

    काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको बैठक अवरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो ।

    शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसकेपछि काग्रेसले संदन अवरुद्ध गरेको हो । दल नेता बोलिसकेपछि काग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन ।

    संसदमा सम्वोधन गर्दै नेपाली काँग्रेस संसदीय दलका नेता तथा विपक्षी दलका नेता तथा डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथमिकतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको बताए । उनले सरकार किसानको विरोधी भएको टिप्पणी गरे ।

    ‘आम जनतालाई मल विउ पुर्याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो,’ उनले प्रश्न गरे । उनले पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताए । ‘स्थानीय जनजातीहरुले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो त्यो अहिले काटेर अर्को क्षेत्रमा राखियो । के यो सरकार जनजाती विरोधी हो । यो सरकार गरिखाने वर्गहरुको लागि बनेको सरकार हैन ? यो त महिला, गरिखाने वर्ग, युवाहरुको विरोधी सरकार भयो । नाराले मात्रै हैन, पैसा र काम गरौ अनि मात्रै नारा सफल हुन्छ,’ उनले भने । 

    उनले विपन्न वर्गसंग जोडिएका कार्यक्रमहरु कटौटी गरेको र नयाँ नल्याएको बताएका थिए । उनले युवा, महिला, जेष्ठ नागरिक, मधेशी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्तकमैया, जनजाती, वादी, गन्दर्भ,चमार, लोपोन्मुख, मुसहर, पौडे, नटुवा माझी, कुसुन्ड, कोरी समुदायलाई बजेटले नछोएको बताए ।यस्तो अवस्था कस्का लागि बजेट ल्याएको भने र प्रश्न गरे ।

    चालु आवमा धेरै योजना बन्द गरिएको छ, आयका कार्यक्रम सञ्चालन गर्न किन नदिएको हो । उनले भने संघीता विरोधी बजेट, सहयोग गर्ने बजेट आएको छ । यो बजेटले संघीयता विरोधी बजेट भएको हुँदा काग्रेसले यसको विरोध गरेको बताए । घाटाको बजेट ल्याउने र पुरा नहुने राजश्व संकलनको लक्ष्य देखाएर आम नागकिलाई भ्रममा पारिएको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend