काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको १५ औँ बैठकले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो ।
ओलीले मंगलबार नै सुदूरपश्चिमको १ अर्ब ५४ करोड रुपैयाँ रपूर्वाञ्चल विश्वविद्यालयको ७० करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट स्वीकृत गरेका थिए ।

