२०८३, आश्विन १९ गते

images
  • अटो
  • जीहो स्कुटरको सेल्स एन्ड एक्सचेन्ज कार्निभल...

जीहो स्कुटरको सेल्स एन्ड एक्सचेन्ज कार्निभल शुरुः के छ खास

जीहो स्कुटरको सेल्स एन्ड एक्सचेन्ज कार्निभल शुरुः के छ खास

सीएनएन खबर
बुधवार, श्रावण ३० २०८११०:२९
सीएनएन खबर
बुधवार, श्रावण ३० २०८११०:२९
  • images

    काठमाडौँ । जीहो इलेक्ट्रीक स्कुटरले एक्सचेन्ज स्कीम ल्याएको छ । सीएफ मोटो मोटरसाइकल तथा स्कुटर जीहो इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले सेल्स एन्ड एक्सचेन्ज कार्निभल प्रारम्भ गरेको हो । बुधबारदेखि प्रारम्भ भएको सो कार्निभल शुक्रबारसम्म चल्ने छ ।

    नयाँ सवारी साधन किन्न वा पुरानोसँग नयाँ एक्सचेन्ज गर्नका लागि दसैं लगायतका चाडपर्वको अवसरमा ल्याइने आकर्षक अफर पर्खिने चलन धेरै नेपालीको छ । तर सहरमा कुलेस्ट स्कुटर उपलब्ध भएको समयमा त्यही समयमा पाइने आकर्षक अफर उपलब्ध गराएकाले अब पर्खिनु आवश्यक नभएको कम्पनीको भनाइ छ ।

    कम्पनीले नेपाली बजारमा उपलब्ध जीहो एई ६ प्लसमा सो अफर ल्याएको हो । जस अनुसार नगद वा फाइनान्समा सो इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई सिधै २० हजार रुपैयाँ छुट प्रदान गरिने जनाएको छ ।

    त्यसैगरी आफ्नो कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग साट्न चाहनेले थप ३० हजार रुपैयाँ एक्सचेन्ज भ्यालु पाउने छन् ।

    कार्निभलमा सहभागी भएर स्कुटर किन्ने एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको रुपमा दसैं सपिङ भौचरको रुपमा १५ हजार र एक जना अवलोकनकर्तालाई ५ हजार रुपैयाँ प्रदान गरिने समेत कम्पनीको भनाइ छ ।

    यी सबै कार्यका लागि अन द स्पट फाइनान्सिङ र अन द स्पट भ्यालुएसन गरिने छ ।

    काठमाडौं उपत्यकाका नक्साल नारायणचौर र झम्सिखेल ललितपुरमा रहेको शोरुममा सो कार्निभल हुनेछ ।

    जिओ र एथरका दुई विद्युतीय स्कुटर, फिचरमा कुन ‘पावरफुल’ ? मूल्यमा कुन सहज ? जिओ र एथरका दुई विद्युतीय स्कुटर, फिचरमा कुन ‘पावरफुल’ ? मूल्यमा कुन सहज ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend