२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भत्कियो लमजुङ कारागारको पर्खालः तत्काल मर्मत...

भत्कियो लमजुङ कारागारको पर्खालः तत्काल मर्मत गर्ने कि अन्यत्र स्थानान्तरण गर्ने मै अन्योल

भत्कियो लमजुङ कारागारको पर्खालः तत्काल मर्मत गर्ने कि अन्यत्र स्थानान्तरण गर्ने मै अन्योल

बिहिवार, श्रावण १ २०८२१२:५५
बिहिवार, श्रावण १ २०८२१२:५५
  • images

    काठमाडौँ । असार ३२ गते आएको अविरल वर्षाका कारण जिल्ला कारागार लमजुङको पर्खाल भत्किएको छ । सदरमुकाम बेसीशहरमा रहेको कारागार कार्यालयको मुख्यगेटसहितको पर्खाल भत्किएपछि यतिबेला जिल्लास्थीत सुरक्षा समितिलाई टाउको दुखाइको विषय बनेको छ ।

    उक्त विषयलाई लिएर यतिबेला जिल्ला प्रशासन कार्यालय लमजुङमा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । बैठकले आवश्यक निर्णय भने गरिसकेकाे छैन् । वि.सं. २०२८ मा कुन्छाबाट सदरमुकाम सरेर बेंसीशहर आएको बेला निर्माण गरिएको कारागारको हालसम्म पूर्ण रुपमा मर्मत सम्भार हुन सकेको छैन । 

    १० जना महिला र २५ जना पुरुष गरी जम्मा ३५ जनाको क्षमता रहेको कारागारमा हाल ६ महिला र १ सय २ पुरुष सहित एकसय ८ जना कैदी र थुनुवा छन् । कारागारको लागि आवश्यक संरचना निर्माण सहित मर्मत सम्भार तर्फ कुनै निकायको ध्यान गएको देखिँदैन । जिर्ण अवस्थामा रहेको कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदी तथा थुनुवा राख्नुपरेको कारागार प्रमुख बेनीबहादुर मोक्तानले बताए ।

    सानो ठाउँमा १०२ जना कैदीबन्दी तथा थुनुवालाई राख्नुपर्दा निकै समस्या भएको उनले बताए । ‘हाल महिला कैदी क्षमताभन्दा कम हुनुहुन्छ । पुरुषका लागि २५ जना क्षमताको हो । तर, हाल १०२ जनालाई राख्नुपरेको छ । क्षमताभन्दा तीनगुणबढी कैदी तथा थुनुवालाई एकै ठाउँमा कोचेर राख्न निकै असहज बनेको छ’, उनले भने । 

    कारागार कार्यालयको पर्खाल भत्किएपछि यतिबेला कारागारमा सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ । कारागार सुरक्षार्थ ससस्त्र प्रहरी र नेपाल प्रहरी पचिरालन गरिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेलले बताए । बर्खाको समय पानि परिरहेको हुँदा जतिबेला जे पनि हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडाइ गरिएको उनले बताए ।

    lamjung karagar1.jpg

    तत्कालका लागि कारागारको आवश्यक संरचना मर्मत सम्भार तथा पुननिर्माण गर्ने कि कैदी तथा थुनुवालाई अन्यत्र स्थान्तरण गर्ने भन्नेमा अन्यौल देखिन्छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेलले जिल्ला कारागार लमजुङको विषयमा कारागार व्यवस्थापन विभाग कालिकास्थान, काठमाडौँलाई जानकारी गराइसकिएको बताए । विभागको निर्देशन अनुसार आवश्यक कार्य गरिने उनले बताए ।

    जिल्ला कारागारको विषयमा यसअघि पनि विभागलाई बारम्बार जानकारी नगराइएको भने होइन । यसतर्फ न त कारागार व्यवस्थापन विभागको ध्यान पुग्यो न त लमजुङ जिल्लाबाट राजनीति गरेर माथिल्लो तहमा पुगेको नेताको नै ध्यान पुग्यो । मनसुन भरखरै सुरु भएको छ । दैनिक ठुलो मात्रामा पानि परिरहेको छ । कारागारको अवस्था निकै जिर्ण र दयनिय छ । समयमै त्यस तर्फ ध्यान नदिने र आवश्यक पहल र निर्णय नलिने हो भने भोलिका दिनमा कारागारको अवस्था कस्तो रहन्छ भन्न सकिने अवस्था भने छैन ।

    दुई वर्ष अगाडी जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले आवश्यक मर्मत सम्भार गर्ने निर्णण गरेको थियो । सोही क्रममा जिल्लास्थित स्थानिय निकायका प्रमुख सहितका नेताहरुले कारागार कार्यालय भिजिट गरि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सोही पश्चात कारागार कार्यालयको दुई वटा नयाँ सुरक्षा पोष्ट भने निर्माण गरिएको छ । त्यो बाहेक अन्य कार्यमा ध्यान गएको देखिँदैन ।  

    कारगार व्यवस्थापन विभाग, जिल्लाबाट नेतृत्व तहमा पुगेका नेताहरु, जिल्ला सुरक्षा समिति सहित सम्बन्धित सरोकारवाला निकायले बेलैमा आवश्यक पहल थाल्नुको कुनै विकल्प देखिँदैन । यतिबेला लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पृथ्बीसुव्वा गुरुङ नेपाल सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री छन् । 

    यस्तै, प्रदेश सभामा निर्वाचित डा टकराज गुरुङ गण्डकी प्रदेश सरकारको आर्थिक मामिलामन्त्री र प्रदेश सभामा निर्वाचित अर्का सांसद भेषबहादुर पौडेल गण्डकी प्रदेश सभाको वन तथा वातावरण मन्त्री छन् । यस विषयमा तीनै जना मन्त्रीहरुको भूमिका कस्तो रहला त्यो भने हेर्न बाँकी नै छ । तर उनीहरुले चाहेको खण्डमा असम्भव भने देखिँदैन ।

    बजेट तथा योजना निर्माणको समयमा हामी सवैले सुन्ने र देख्ने गरेको एउटा दृश्य हो लमजुङ जिल्लामा फलानो नेताको पहलमा यति रकम आयो, डिस्कना नेताको पहलमा उति रकम र योजना आयो भन्दै नेताहरुलाई धन्यवाद दिएको । तर यस्ता सम्वेदनसील विषयमा नत कुनै राजनिति दल, नत कुनै नेताहरुको ध्यान नै गएको छ । नेताहरुलाई त निर्वाचन केन्द्रित कार्यकर्ता रिजाउने खालका योजना निर्माणमा मात्रै ध्यान छ । जसले गर्दा यस्ता सम्बेदनशिल र महत्वपूर्ण कार्यहरुमा नेताहरुको ध्यान पूग्न सकेको छैन । यस्ता विषयहरु पनि नेताहरुको प्राथमितामा पर्नुपर्छ भन्ने यो घटना एउटा उदाहरण मात्रै हो ।

    यस्ता विषयमा लमजुङ जिल्लाका संचार माध्यम र सञ्चारकर्मीहरुले बारम्बार विषय उठान गरिरहेका छन् । जिर्ण कारागारमा क्षमता भन्दा तेब्बर कैदि बन्दि, कारागार मर्मत सम्भार तथा पूननिर्माणमा सम्वन्धित निकायको ध्यान पूगेन जस्ता विषय बारम्बार सञ्चारकर्मीहरुले उठान गरेको विषय हो । तर विषय उठान मात्रै ठुलो कुरा हैन रहेछ । त्यसलाई सम्वन्धि निकायले कुन तरिकाले लिन्छ र तत्काल एक्सन लिन्छ भन्ने महत्वपूर्ण कुरा रहेछ । बेला बखत हुने यस्ता घटना, दुर्घटना र विविध विषयमा जिल्लाका सञ्चारकर्मीमाथी आरोप, प्रत्यारोप र गाली भने निरन्तर आइरहेको छ ।

    लमजुङ जिल्लामा पनि पत्रकार छन् र भन्दै एकाथरी सामाजिक सञ्जालमा रोइलो गर्छन अनी कमेन्टमा हामीमाथी खनिन्छन समाजका वुद्धिजिवि, शिक्षाप्रेमी र सामाजिक अभियान्ताहरु । जसले फिल्डमा आएर सामाजका लागि एक थोपा मेहनत गरेको हुँदैन समुन्नत समाज निर्माणमा आर्थिक, नैतिक भौतिक रुपमा कुनै योगदान हुँदैन उनै व्यक्तिहरु बुद्धिजिवि, शिक्षाप्रेमी, समाजसेवि, सामाजिक अभियान्ता, बौद्धिक व्यक्तित्व हुँम भनेर घमण्ड गर्दै सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेका हुन्छन । उनिहरु प्रति भन्नु केही पनि छैन । तर कुनै पनि विषयवस्तु उठान भइसकेपछि त्यसलाई सम्वन्धित निकायले गम्भिरताका साथ लिने हो र तत्काल एक्सनमा उत्रिने हो भने यस्ता क्रियाकलाप आँफै निस्तेज हुँदै जानेछन् । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend