काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबलमा नयाँ अध्याय सुरु गरेकी छन्। उनी न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्धित भएकी छिन्।
साम्बा सन् २०२५/२६ सिजनका लागि अष्ट्रेलियाको ‘ए’ लिग खेल्ने क्लब वेलिंगटन फिनिक्समा अनुबन्ध भएकी हुन्। यो क्लब न्युजिल्याण्डमा आधारित भए पनि अष्ट्रेलियाको महिला शीर्ष डिभिजन लिगमा सहभागी हुँदै आएको छ।
सावित्राको यो अनुबन्ध नेपाली महिला फुटबलका लागि ऐतिहासिक मानिएको छ। उनी यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबमा खेल्दै आएकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत ग्वेंगाम्प क्लबबाट अलग भएको घोषणा गरेकी थिइन्।

